नेपाली (Nepali)

ग्लास बैंकमा कुन किसिमको ग्लास रिसाइकल गर्न सक्नुहुन्छ ?

हजुर कृपया

  • कुनै पनि रंगका बोतलहरू जस्तै : वाइन , बियर , रक्सिहरू
  • जार , बोतल जस्तै : सस् , जाम , बेबी फूड
  • अखाद्य पदार्थका बोतलहरू – जस्तै परफ्युम , आफ्टर शेव , फेस क्रिमहरू

पर्दैन धन्यवाद

  • पकाई तुल्याईगर्ने ग्लासका भाडाहरू जस्तै : पाइरेक्स , माइक्रोवेभ प्लेटहरू
  • पिउनेग्लासहरू
  • सेरामिक्स  जस्तै : क्रोकरि , माटाका भाँडाहरू
  • भासहरू
  • नेल पालिसका बोतलहरू
  • ऐनाहरू
  • बत्तिका बल्ब , ट्युबलाईटहरू

ग्लास बोतल  र जारहरू कसरी  रिसाइकल गर्ने

तपाइले रिसाइक्लिङ्ग पोइन्ट मा भएको कन्टेनर मा कुनै पनि रंग को  बोतल वा जार राख्न सकिन्छ।. सबै किसिमको ग्लास बैंकहरुमा सबै किसिमको मिश्रित रंगको ग्लास राख्ने गरि तरिकाबद्ध  मिलाइएको हुन्छ।. मिश्रित ग्लास हरु रिसाइक्लिङ्ग  गर्न सजिलो र छिटो हुने हुन्छ।. रित्तो ग्लास बोतल र जार हरु को बेहतर वितरण ले ग्लास बैंक को अत्याधिक प्रवाह कम गराउँछ तसर्थ यातायात खर्च र कार्बन फ़ुट्प्रिण्ट घटाउन सकिन्छ.

ढुक्क हुनुहोस –  तपाइको ग्लास हरु यान्त्रिक रुपमा लेजर तकनिक द्वारा बिभिन्न रंग हरु छुट्टाइन्छ र उच्च कोटिको ग्लासको कच्छा पदार्थ बाट नयाँ बोतल हरु बनाइन्छ।.

  • खाली गर्नुहोस र पखाल्नुस – कृपया ग्लास बोतल र जारहरू पुरै खालि गर्नुस ताकि कुनै खाद्य पदार्थ वा झोल रहित होस।  छिटो पखाले पनि हुन्छ।
  • बिर्को र ढक्कन पुनः लगाउनुहोस् – यसो गर्दा छान्ने क्रममा यिनीहरू हराउने सम्भावना कम हुन्छ। रिसाइकद गर्नु भन्दा पहिला बोतलबाट कर्क हटाउनु पर्छ र घरमै यसलाई कुहाउन सकिन्छ। हरू
  • टाँसेका लेबलहरू हटाउनु पर्दैन।

यी बैंकहरू नियमित रुपमा  खाली गरिन्छ, तर पुरा भरिएको छ भने बोतलहरूलाई भुइँमा नराख्नु होला किनकि ति रिसाइकल गरिने छैनन् ।  यदि केहि समस्या देख्नु भएमा  हामीलाई सम्पर्क गर्नुहोस्।